साहित्यकार तेज विलासको कविता – धिक्कार
धिक्कार ! कविता
जनताको नोकर हुँ भन्नेहरुलाई
धिक्कार !
धिक्कार! किनकि
मालिक,महामालिक
मात्र सुविधा आफ्नो ,
खोजिरहेछन् बन्दोवस्त ।
वैचारिक हुँ भन्नेहरुलाई
झन् धिक्कार !
धिक्कार ! किनकि
विचारले होइन
त्रासले
भेटघाटले होइन
विस्फोटले
स्पर्शले होइन
ककर्श झम्टाइले
गरिरहेछन् यात्रा ।
बाँकी हामी
हामी छौ चेपुवामा।
जीविकाको निम्ति
सोझो,
बाँच्न मुस्किल
मन भित्र छ आशा
बहुलाउन सकिन्न।
भन्न के भनूँ
खाऊ मिलिजुली
अरु मरुन् भोक्कै
छि :
छि :
लाज पचेपछि,
प्रतिपक्ष न सत्तापक्षी
बन्दकर्ता न प्रतिबन्धकर्ता
बिहानै
किन ?
किन हो किन
श्रद्धा पटक्कै नपलाउने
के कतै यिनीहरु
नपाएकोमा
आफ्नो नाममा सबै
देशको ढुकुटी
बर्वराइरहेका त छैनन् ?
तिमीले खोकेको
व्यवस्था,
हामीले भोगेको
अवस्था,
सुधारको हो वा
समाप्तिको ?
तथ्याङ्कहरुको खै
विश्लेषण?
गरिरहनु पर्ला फेरि
हामी लडिरहेछौ जनताका लागि
पत्याउनु कसरी ?
– तेज विलास, इच्छाकामना ३ नर्सिङटार हाल काठमाडौ
