सेतीदेवी सावउसद्धारा क्यान्सर पीडित महिलालाई निःशुल्क उपचार

सेतीदेवी सावउसद्धारा क्यान्सर पीडित महिलालाई निःशुल्क उपचार

भरतपुर,३ चैत ।  भरतपुर महानगरपालिका( १६ शरणपुर स्थित सेतीदेवी सावउसको आयोजनामा महिलाहरूको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बिपि कोइराला क्यान्सर अस्पतालको सहयोगमा ७० जना महिलाको पाठेघर तथा स्तन क्यान्सर र यौन समस्याका बारेमा जाँच गरिएको सवउसले ज्ञानेश्वर मिडियालाई जानकारी दिएको छ ।

बिपि कोइराला क्यान्सर अस्पतालका विशेषज्ञ डाक्टर एवं नर्सहरूद्धारा महिलाको स्वास्थ्य जाँच गरिएको थियो । सामुदायिक वनले उक्त काम गरेपछि जनस्तरमा वनको चर्चा हुन थालेको छ । डिभिजन कार्यालयका सहायक वन अधिकृत कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा शिविर सञ्चालन गरिएको थियो । शिविर सञ्चालन बारे उहाँले प्रसन्न हुँदै पश्चिम चितवनमै राम्रो र उत्कृष्ट वनको रुपमा आफूलाई सेती देवी सावउसले चिनाउँदै आएको बताउनुभएको थियो ।

विशिष्ट अतिथि समेत रहनुभएका वडा अध्यक्ष चतुरमान गुरुङले नयाँ कार्यसमितिले उदाहरणीय काम गरिरहेको बताउँदै अन्य वनलाई पनि सिको गर्ने मौका मिलेको बताउनुभयो । सल्लाहकार संयोजक भक्तराज हमालले अहिलेको समितिले उत्कृष्ट काम गरेकोले बधाई दिनुभयो ।

एक सिङ्गे गैंडाको प्रजनन केन्द्रका रुपमा चिनिएको उक्त सामुदायिक वनमा प्रकृति संरक्षण र पर्यटन सम्बन्धि बिविध कार्यक्रम नियमित रुपमा भएका छन ।

पछिल्लो समयमा पर्यटन र विकासका लागि वनले विशेष योजना बनाएर काम गरिरहे पनि सरकारी तथा गैरसरकारी क्षेत्रको नजर नपरेको सेती देवी सावउसका अध्यक्ष नन्द प्रसाद भट्टले बताउनुभएको छ । उहाँले रिसोर्ट र पिकनिक स्थलका रुपमा विकास गर्ने कार्ययोजनामा दाताको सहयोग नआउँदा आर्थिक समस्या परेको बताउनुभएको छ ।

यसरी सम्पन्न भएको उक्त कार्यक्रममा सहभागी भएका महिलाहरु आयोजक प्रती अन्यन्तै हर्सित थिए । यस्ता कार्यक्रमहरु समय समयमा आयोजना गरिरहनुपर्ने उनिहरुको सुझाव थियो । आज आयोजना गरिको यस महिलाहरूको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको सम्योजन तथा ब्यवस्थापन सेतीदेवी सामुदाहिक बन उपभोक्ता समुहका सचिब दुर्गा सोडारीले गर्नुभएको थियो ।