विप्लवका समूहका ब्युरो संयोजक घनश्याम श्रेष्ठ पुर्वी क्षेत्रबाट पक्राउ

विप्लवका समूहका ब्युरो संयोजक घनश्याम श्रेष्ठ पुर्वी क्षेत्रबाट पक्राउ

काठमाडौँ ,११ चैत । सरकारले प्रतिबन्ध लगाएका नेत्रविक्रम चन्द ‘विप्लव’ का कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ९पुष्कर० आइतबार राती पुर्वी क्षेत्रबाट पक्राउ परेका छन् ।

काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य रहेका संयोजक श्रेष्ठलाई आजै सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै उक्त पार्टीका कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ ।