इच्छाकामनामा यामाहा मोटरसाइकलको EXCHANGE अफर चल्ने

इच्छाकामनामा यामाहा मोटरसाइकलको EXCHANGE अफर चल्ने

चितवनको इच्छाकामना गाउँपालिकामा मोटरसाइकल आबस्यकताले चड्ने र मोटरसाइकल  पारखी  हरुको लोकप्रिय ब्राण्ड यामाहाको एक्स्चेन्ज एण्ड अपग्रेड मेला हुने भएको छ।

इच्छाकामना गाउँपालिका वडानम्बर ३ चुम्लिङटार स्थित बि एण्ड बि अटो सप्लायर्स एण्ड वर्कसप को प्रांगणमा यहि चैत्र १४ र १५ गते मेला संचालन हुने यामाहा सर्बिस पोइन्ट समेत रहेको बि एण्ड बि अटो सप्लायर्स एण्ड वर्कसप चुम्लिङटारका प्रोप्राइटर हेमन्त मणी सापकोटाले इच्छाखबरलाई जानकारी दिनु भयको छ।

मेलामा पुरानो यामाहा वा जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल सङ यामाहाको भर्खरै निस्केको नया मोडलका मोटरसाइकल र स्कुटर साट्न सकिने छ। पुरानो मोटरसाइकलको उचित मुल्यांकन गरि एक्स्चेन्ज गरिने हुदा मोटरसाइकलको बिलबुक अनिबार्य लेराउन पर्ने छ। साथै यामाहा को जुनसुकै मोडल एक्स्चेन्ज वा नयाँ खरिद गर्दा एक लाख सम्म को सियोर सट छुट कुपन पाइने पनि यमाहाले जनाएको छ।

चितवनको पहाडी भुभागमा अति रुचाइयको ब्राण्ड यमाहा भएको र यमाहा ब्राण्ड को सबै पार्ट्स आफै सङ भयकाले ग्राहकले यमाहाको सर्बिस पनि मन पारायकाले मेला सफल हुने यमाहा सर्बिस पोइन्ट चुम्लिङटारका प्रोप्राइटर हेमन्त मणि सापकोटाको बिश्वास रहेको छ। मेला यहि १४ र १५ गते बिहान १० बजे देखि साझ ५ बजे सम्म संचालन हुने छ।