इच्छाकामनाको आदामारामा पशु स्वास्थ्य शिविर सम्पन्न फोटो फिचर

इच्छाकामनाको आदामारामा पशु स्वास्थ्य शिविर सम्पन्न फोटो फिचर

कुरिनटार, १३ चैत । महिला समन्वय समिति चितवन र चण्डीभञ्ज्याङ्ग सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । हेफर ईन्टरनेशनलको सहयोगमा ईच्छाकामना ६ आदामारामा शिविर सम्पन्न भएको हो । ईच्छाकामना गाउँपालिका ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरबाट ६० घरधुरी लाभान्वित भएका छन् । उक्त शिविरमा ७ सय ८३ वटा बाख्रा,२ सय ५० वटा गाईभैंसी तथा १००४ वटा कुखुराको स्वास्थ्य परिक्षण गरिएको थियो ।

कार्यक्रममा हेफर ईन्टरनेशनलकि कार्यक्रम संयोजक सकुन्तला रसाईली,महिला समूह समन्वय समिति चितवनकी अध्यक्ष गोमा भट्टराई, महिला समूह समन्वय समिति चितवनकी कार्यक्रम संयोजक सिता पौडेल,ईच्छाकामना गाउँपालिकाका पशु प्राबिधिक दिपक पुरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम चण्डीभञ्ज्याङ्ग सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष रश्मी गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको हो ।