इच्छाकामना गाउँ पालिकामा याहामाको आधिकारिक सर्बिस पोइन्टको उद्घाटन

इच्छाकामना गाउँ पालिकामा याहामाको आधिकारिक सर्बिस पोइन्टको उद्घाटन

चुम्लिङ्टार

चितवनको इच्छाकामना गाउँ पालिका चुम्लिङ टारमा आधिकारिक रुपमा यामाहा ब्राण्डका दुई पांग्रे सवारी बिक्री र सम्पुर्ण सर्बिस दिने हिसाबले यामाहा सर्बिस पोइन्टको उद्धघाटन भएको छ।

लामो समय देखि सम्पुर्ण मोटरसाइकल हरुको सर्बिसिङ र पार्ट्स उपलब्ध गराउदै आएको बि एण्ड बि अटो सप्लायर्स एण्ड वर्कसपले यामाहा सर्बिस पोइन्टको आधिकारिक जिम्मेवारी लिदै सेवा सुरु गरेको हो। इच्छाकामना गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोबर्धन अधिकारीको प्रमुख आतिथ्यतामा आज सर्बिस पोइन्ट तथा Exchange मेलाको समुद्द्घाटन गरियको हो। कार्यक्रममा उद्योग बाणिज्य संग मुग्लिङ यिकाइका अध्यक्ष कल्याण गुभाजु ग्लोबल आइ यम यी कुरिनटार ब्रान्च म्यानेजर सागर श्रेष्ठ ससस्त्र प्रहरिबल बिपतब्यबस्थापन तालिम केन्द्रका प्रहरी निरीक्षक लगायत स्थानीय बुद्दिजिबी र आम सर्बसाधरण को सहभागिता रहेको थियो।

माधब पोखरेलले सन्चालन गरेको कार्यक्रमको सम्भापतित्व बिष्णु प्रसाद सापकोटाले गर्नु भयको थियो भने स्वागत मन्तव्य चन्द्रमणी सापकोटाले राख्नु भयको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी गोबर्धन अधिकारी अतिथी कल्याण गुभाजु लगायतले राम्रो कार्यको सुरुवात भयको भन्दै सफलताको सुभकामना प्रदान गरेका थिए।

यामाहा exchange and upgrade मेलामा जुनसुकै ब्राण्डको मोटर साइकल सङ नया यामाहा ब्राण्डको मोटरसाइकल साट्न सकिने छ। मेला यहि १४,१५ र १६ गते सम्म चुम्लिङ्टार स्थित यामाहा को आधिकारिक सर्बिस पोइन्ट B & B auto supplier and workshop मा चल्ने छ।