नारायणगढको २ वटा मोवाईल पसलबाट ९ लाख बढीको चोरी

नारायणगढको २ वटा मोवाईल पसलबाट ९ लाख बढीको चोरी

 चितवन,चैत्र १५ । चितवनमा २ वटा मोवाईल पसलमा चोरी भएको छ । भरतपुर महानगरपालीका ३ लायन्सचोकमा रहेको चितवन मोवाईल हाउसबाट करिव ५ लाख २५ हजार बराबरको मोवाईल, रिचार्जकार्ड लगायतका सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै हङकङ बजारमा रहेको यु एण्ड मि मोवाईल पसलबाट अन्दाजी ४ लाख बराबरको चोरी भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । पसलका संचालक केशव क्षेत्रीले चोरले बढी मुल्य पर्ने ब्राण्डेड मोबाइल मात्र चोरेको बताए ।
विहिवार भएको सो चोरीको घट्ना सिसि क्यामेरामा कैद भएको छ । दुईवटै मोवाईल पसल चोरी गर्नुपुर्व हाईड्रोलिक ज्याक प्रयोग गरी सटर फोरेर भित्र प्रवेस गरेको देखिन्छ । दुवै चोरी एकै समयमा भएकाले एउटै समुहका सदस्यले दुईतिर घट्ना घटाएको हुनसक्ने अनुमान गरीएको प्रहरीले जनाएको छ । सिसि क्यामेरा फुटेजको रेकर्डमा संगठित चोरको संलग्नता देखिएकाले केहि संकास्पद व्यक्तिलाई पक्राउ गरी सुक्ष्म अनुसन्धान गरीरहेको डिएसपी रेग्मीले बताए ।