डाक्टरले गरे श्रीमतीको हत्या

डाक्टरले गरे श्रीमतीको हत्या

वीरगञ्ज, १६ चैत । चिकित्सक पतिको कुुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ ।

सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराड रोग विशेषज्ञ सचितानन्द यादवकी जेठी पत्नी हुन् । डा। यादवले तैत्र ६ गते सुनितालाई घरमै निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट अचेत अवस्थामा पुगेकी उनलाई गण्डकी अस्पताल पु¥याएको थियो । त्यहाँ उनलाई सघन कक्षमा राखिएको थियो । तर, अवस्थामा सुधार नआएपछि चिकित्सककै सल्लाहमा उनलाई काठमाडौं लगिएको थियो । यो समाचार नागरिकमा प्रकाशित छ ।