नेकपा इच्छाकामनाद्वारा मुटु रोगी सारादा चेपाङलाई आर्थिक सहयोग

नेकपा इच्छाकामनाद्वारा मुटु रोगी सारादा चेपाङलाई आर्थिक सहयोग

 

कुरिनटार,१६चैत । चितवनको इच्छाकामना ५ नेपेडाडाँकी मुटु रोगी सारादा चेपाङलाई आर्थिक सहयोग प्राप्त भएको छ । आज नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले उनको घरमै पुगेर रु २५ हजार २ सय ५० आर्थिक सहयोग गरिएको सम्झना खड्का सिलवालले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका कारण दुई बर्ष देखि मुटु रोगले पीडित सारादाको उपचार हुन सकिरहेको छैन ।
सारादाको उपचारका लागि सहयोग गर्न सबै सहयोगी मनहरुलाई आग्रह गरिएको छ ।