नेता मिनेन्द्र रिजाल लगायतका तीनवटा कलेजमा नेविसंघद्वारा माफिया लेख्दै तोडफोड

नेता मिनेन्द्र रिजाल लगायतका तीनवटा कलेजमा नेविसंघद्वारा माफिया लेख्दै तोडफोड

काठमाडौं,१७ चैत । कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको लगानीको एपेक्स कलेजसहित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँका तीनवटा कलेजमा माफिया पेन्टिङ गर्दै काँग्रेसको भ्रातृ संगठन नेविसंघले तोडफोड गरेको छ । काठमाडौका एपेक्स कलेज, राजधानी कलेज, एसएम कलेजमा तोडफोड गरिएको नेविसंघका नेता मनिष सिंखडाले जानकारी दिए ।

उक्त कलेजहरुले मानोमानी ढंगले शूल्क लिने गरेको भन्दै आफूहरु कारबाहीमा उत्रिएको उनले दाबी गरे । उनीहरुले कलेजको गेटमा माफिया होसियार भन्दै कालो अक्षरले पेन्टिङसमेत गरेका छन् । यस क्रममा प्रहरीले १५ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।