चितवनको राप्ती नगरपालिका पूर्ण खोपयुक्त कायम रहेको घोषणा

चितवनको राप्ती नगरपालिका पूर्ण खोपयुक्त कायम रहेको घोषणा

चितवन, १७ चैत । महिला स्वयम सेविकाहरुको सेवा सुविधाका लागि राज्यले निति वनाउनु पर्ने राप्ती नगरपालिकाकी मेयर प्रभाव वरालले वताएकी छिन् । दिनरात नभनी स्वयमसेविकाहरु खट्ने भएपनि उनीहरु राज्यबाट उपेक्षित छन् । आईतवार आयोजित राप्ती नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा मेयर वरालले महिला स्वयमसेविकाहरुले स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको उल्लेख गर्दै उनीहरुको सेवा सुविधामा राज्यले ध्यान दिनु पर्ने वताईन् । वाल मृत्युदर र मातृ मृत्युदर घट्नुमा महिला स्वयमसेविकाहरुको भुमिका महत्वपूर्ण रहेको उनको भनाई थियो । स्वयमसेविकाका विषय राष्ट्रिय महत्वको रुपमा उठान गर्नु पर्ने मेयर वरालले वताईन् । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राजेन्द्र पराजुलीले पछिल्लो वर्षको खोपको प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष भन्दा चालु आर्थिक वर्षमा खोपको प्रभावकारीता वढेको वताए । गत वर्ष नगरलाई पुर्ण खोपयुक्त घोषणा गर्दा १६ देखी २३ महिना सम्मका ७ सय ९ जना वालवालिकालाई खोप लगाईएकोमा यस वर्ष ७ सय ३८ जनालाई लगाईएको पराजुलीले वताए । गत वर्षको फागुन १७ गतेनै राप्ती नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको थियो । पूर्ण खोपयुक्त नगरलाई दिगोपना कायम राख्न सहयोग पुर्याएको भन्दै नगर भित्र रहेका स्वास्थ्य संस्थाहरु तथा महिला स्वयम सेविकाहरुलाई सम्मान समेत गरिएको थियो । राप्तीकी मेयर प्रभा वरालको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष अम्मर वहादुर तामाङ,महिला स्वयम सेविका अम्विका थपलिया,स्वास्थ्य शाखा सहसंयोजक राममणी सिलवाल लगायतले मन्तव्य राखेका थिए ।