कुरिनटारमा ३ ओटा सवारी साधन एकआपसमा ठोक्किदाँ दुई जना घाईते

कुरिनटारमा ३ ओटा सवारी साधन एकआपसमा ठोक्किदाँ दुई जना घाईते

कुरिनटार,१८ चैत । इच्छाकामना गाउँपालिका ४ कुरिनटार स्थित सर्बशान्ती मा.वि. परिक्षा केन्द्रमा एसइई परिक्षा दिने  बिद्यार्थी बोकेर   मुग्लिङ बाट आउदँ गरेको बा३ ख ७९९३ को यात्रुबाहक बसमा सोही दिशा बाट आएको ना४ च ३२९० नम्बरको डेलिभरी भ्यान र बा९०प ८१३२ नम्बरको मोटरसाइकल आज विहान ७ : ३० बजे एकआपसमा ठक्कर खादा दुई जना घाइते भएका छन।

एसइई परिक्षार्थी ओरालेर पार्किङ गर्ने क्रममा रहेको बस र पछाडि बाट आउदै गरेको डेलिभरी भ्यानको बिचमा काठमाडौ रानिवन जाँदै गरेको  मोटरसाइकल परेपछि मोटरसाइकल चालक धादिङ ज्यामरुङ बर्ष ४५ का राजन धमला गम्भीर घाइते भएका हुन् भने डेलिभरी भ्यान चालक सामान्य घाइते भएका छन।

घाइते दुबैलाई अहिले प्राथमिक उपचारको लागि कुरिनघाट स्थित मनकामना पोलिक्लिनिक लगिएको छ । भने सडक सुचारु रहेको छ।