३० दिन लाग्ने कोर्स ४ दिनमै सक्काए पछि प्राध्यापक लाई जुत्ताको माला र कालोमशो
चितवन। रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाईएको छ । विश्व विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ओझालाई कालोमोसो दली जुताको माला लगाईदिएका हुन् । एउटा प्राध्यापकको भन्दा पनि विश्व बिद्यालयका समग्र प्राध्यापकहरुको प्रवृतिका बिरुद्ध आफुहरुको सघर्ष रहेको नेता रेग्मीको भनाई छ ।
३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिन त्यसमाथि २÷ २ घण्टाका दरले ८ लेक्चरमा सकाएको र छैटौ सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टार्दै कोर्ष सकाउने काम गरेको भन्दै बिद्यार्थीहरुले ओभामाथि कालो मोसो दल्नु परेकोे बताए । बिगत वषौ वर्ष देखि ओझाले बिद्यार्थीको भविष्यमाथि खेलवाड गरि यसरी नै कक्षा चलाउदै आएको र विरोध गर्ने कोहि निस्के उसको प्राक्टिकल नम्वरनै कम दिएर दुःख दिने गरेको बिद्यार्थीको आरोप छ ।
यस पटक पनि उनको शिक्षण सिकाई क्रियाकलापको बिरोध गरेका चौथो सत्रान्तको ४ जना बिद्यार्थीको नम्वर निकै कम दिए पछि बिद्यार्थीहरु थप आन्दोलित बनेको र प्रशासनलाई ओेझाको प्रवृतिका बारेमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि बिद्यार्थी आफैले कारवाही गर्नु परेको बिश्वबिद्यालय बिद्यार्थी नेता बामदेव रेग्मीले बताउनु भयो । यता यस विषयमा प्राध्यापक ओझासँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनु भएन ।
सिधाकुरा बाट
