कुरिनटारमा नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठान सम्मान तथा पुरस्कार कार्यक्रम सम्पन्न

कुरिनटारमा नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठान  सम्मान तथा पुरस्कार कार्यक्रम सम्पन्न

रोहीणी त्रिपाठी

कुरिनटार, २४ चैत । एक समारोह बिच इच्छाकामना गाउँ पालिका कुरिनटारमा नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानले सम्मान तथा पुरस्कार कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठान२०७२सालमा स्थापना भएको हो।नित्यराज पाण्डेले२०१६सालमा महाकबिलक्ष्मीप्रसाद देवकोटाको जिवनसमबन्धित किताब प्रकाशन गर्नु भएको थियो। र त्यसभन्दा अगाडि देबकोटाको बारेमा कुनैपनि किताब लेखिएको थिएन। सो किताब लेखे बापत नित्यराज पाण्डेले मदन पुरस्कार प्राप्त गर्नु भएको थियो। पुरस्कार तीन वटा बिधामा दिईन्छ।पहिलो पुरस्कार कला,साहित्य धर्म संस्कृतिमा कलम चलाउनेलाई दिईन्छ।उक्त पुरस्कारको नाम महाकवि लक्ष्मीप्रसाद देबकोटा पुरस्कार रहेको छ।दोस्रो पुरस्कार ज्ञान,बिज्ञानको क्षेत्रमा योगदान पु्या–एको लाई दिईन्छ। पुरस्कारको नाम नित्यराज पाण्डे ज्ञान बिज्ञान पुरस्कार रहेको छ। तेस्रो पुरस्कार शिक्षा क्षेत्रमा विद्यालयलाई सर्वसुलभ बनाएर अगाडि बढाएको ब्याक्ती संस्था विशेषलाई दिईन्छ।यस पुरस्कारको नाम शिद्धीराज,विधादेवी देबकुमारी शिक्षा पुरस्कार रहेको छ।प्रथम पुरस्कार केदारनाथ खनाललाई दोस्रोश्री शर्व शान्ति मा।बि। र तेस्रो इच्छाकामना मन्दीर संरक्षण समीतिलाई दिईएको थियो। सान्तवना भने इच्छा कामना साहित्य प्रवाह लाई दिईएको थियो।पुरस्कारहरु कदर पत्र र नगद दिएको थियो। हाल सम्म काठमाडौं,रुपन्देही,गोर्खा,चितवनमा दिईएको छ।यो पुरस्कार प्रत्येक वर्ष दिईन्छ। नित्यराज पाण्डे १९८७साल काठमाडौंको धोबीधारामा जन्मनु भएको थियो। उहाँ नेपाल सरकारको सचिब पदबाट अवकाश पाउनुभएको हो। उहाँले बौद्ध दिग दर्शन,नित्य कर्म,राजिब लोचन आदी किताबहरु लेख्नुको साथै पाँच सय भन्दा बढी फुटकर कविता लेख रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इच्छाकामना गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले नित्यराज पाण्डे प्रज्ञा पाण्डे प्रतिष्ठानले नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नमा महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो । उहाँ नेपालको भाषा कला र संस्कृतिको जगेर्ना गर्न सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो । यस अभियानमा गाउँपालिकाकाको पूर्ण सहयोग हुने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष्य नारायण पाण्डेको सभापतित्वमा कार्यक्रम भएको कार्यक्रममा बिरेन्द्र क्याम्पस प्रध्यापक पुर्ण अधिकारी,शर्वशान्ति विद्यालय का प्र.अ.जोहन खरेल, पुर्व प्र.अ.एकराज पोख्रेल शिक्षक कृष्ण प्रसाद पोख्रेल पुरस्कृत केदारनाथ खनालले नित्यराज पाण्डेको बारेमा प्रकाश पार्नु भएको थियो ।