जीप दुर्घटनामा परी पूर्व सासंद भण्डारीसहित २ जनाको मृत्यु

जीप दुर्घटनामा परी पूर्व सासंद भण्डारीसहित २ जनाको मृत्यु

गुल्मी,२८ चैत । गुल्मीमा भएको सवारी दुर्घटना परी पूर्व सासंदको मृत्यु भएको छ।मुसिकोट नगरपालिका १ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्कोट गाउँपालिका ५ बस्ने पूर्व सासंद रुद्रमणी शर्मा भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

त्यस्तै सोही दुर्घटनामा परि मालिका गाउँपालिका १ का रोशर विकको पनि मृत्युु भएको छ। बिहीबार विहान मालिका गाउँपालिकावाट उक्त जिप बुटवलका लागि छुटेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको छ ।