होल्ड गर्न इन्धन नहुँदा एयरबस ल्यान्डिङ

होल्ड गर्न इन्धन नहुँदा एयरबस ल्यान्डिङ

काठमाडौँ , २९ चैत । हङकङबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ३२० ९नेपाली नाम सगरमाथा० विमानलाई होल्डमा फन्को लगाउँदा चाहिने पर्याप्त इन्धन अभाव देखिएपछि एयर ट्राफिक कन्ट्रोलर ९एटीसी० ले प्रायोरिटी ल्यान्डिङ ९प्राथमिकतामा राखेर अवतरण० गराएका छन् ।

निगम स्रोतका अनुसार बिहीबार बेलुकी उडान नम्बर आरए४१० विमानमा १ सय ५० यात्रु सवार थिए । उक्त विमानका चालक दलले नेपालभित्र पसिसकेपछि काठमाडौँ विमानस्थलको टावरमा रहेका एटीसीलाई १० मिनेटभन्दा आफूहरु होल्डमा रहेर फन्को लगाउन नसक्ने बताएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।