तलब भत्तामा मात्रै १५ करोड, सडक निर्माणमा ९ करोड

तलब भत्तामा मात्रै १५ करोड, सडक निर्माणमा ९ करोड

काडमाडौं, २९ चैत । आर्थिक वर्ष २०७४र०७५ मा ललितपुर महानगरपालिकाले सडक निर्माणमा भन्दा पदाधिकारी र कर्मचारीको सेवासुविधामा बढी बजेट खर्च गरेको छ । महानगरले पदाधिकारी र कर्मचारीको तलबभत्तामा मात्र १५ करोड रुपैयाँ खर्चेको छ । तलब शीर्षकमा आठ करोड ८५ लाख र बैठकभत्ता शीर्षकमा ६ करोड २४ लाख ४७ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।