जब श्रीमानको अर्कैसंग सम्बन्ध रहेको रहस्य घरमै पालेको सुुगाले यसरी खोलिदीएपछि

जब श्रीमानको अर्कैसंग सम्बन्ध रहेको रहस्य घरमै पालेको सुुगाले यसरी खोलिदीएपछि

एक व्यक्तिलाई घरमा सुगा पाल्नु निकै महंगो परेको छ । घरमा पालेको सुगाले उनको अवैद्य सम्बन्धको पोल खोलेपछि ती व्यक्तिले कानुनी झमेला बेहोर्नु परेको छ ।

मिरर अनलाइनका अनुसार कुवेतमा भएको उक्त घटनामा सुगाले घर मालिक र काम गर्ने महिलाबीचको सम्बन्धको खुलासा गरेको हो । सुगाले ति व्यक्ति र काम गर्ने महिलाबीच भएको अन्तरंग कुराकानी पत्नीको अगाडी जस्ताको तस्तै बोल्न थालेपछि समस्या भएको थियो ।

सुगाको कुरा सुनेपछि पत्नीले सुगालाई प्रमाण स्वरुप प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न पुगेकी थिइन् । कुवेतमा परस्त्रीगमनलाई अवैद्य मानिन्छ र त्यहाँ कडा सजाय पनि दिइन्छ ।स्थानीय पत्रिकार अल सहेद दैनिकसँग कुरा गर्दै ती व्यक्तिकी पत्नीले पतिमाथि आफूलाई लामो समयदेखि शंका रहेको बताएकी थिइन् ।

तर, भाग्यमानी ति व्यक्तिले मुद्दा भने जिते । सुगाले टिभी वा रेडियोबाट त्यस्तो कुराकानी सुनेको हुनसक्ने भन्दै मुद्दालाई खारेज गरिएको बताइएको छ ।एजेन्सी