चितवनकी १५ बर्षिय किशोरी बलात्कारको आरोपीलाई ३ बर्ष कैद

चितवनकी १५ बर्षिय किशोरी बलात्कारको आरोपीलाई ३ बर्ष कैद

चितवन, ६ बैशाख । १५ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा पक्राउ परेका ककनी गाउँपालिका–३ डाडागाउँका १७ वर्षीय प्रदीप राईलाई नुवाकोट जिल्ला अदालतले तीन वर्ष कैद ५० हजार पीडित किशोरीलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ।
चितवन रत्ननगर नगरपालिका टाँडीकी १५ वर्षीया किशोरीलाई २०७४ चैत १८ गते जागिर लगाइदिन्छु भन्दै काठमाडौँ हुँदै पीडकले आफ्नो घरमा ल्याएर पटक पटक बलात्कार गरेको भनी इलाका प्रहरी कार्यालय रत्ननगर चितवनमा पीडित किशोरीले २०७५ वैशाख ४ गते उजुरी दिएकी थिइन्। प्रहरीले आरोपित किशोरलाई २०७५ वैशाख ४ गते गिरफ्तार गरेको थियो। इलाका प्रहरी कार्यालय रत्ननगरले घटनास्थल नुवाकोट भएकोले थप अुनसन्धानका लागि पीडकसहित कागजात २०७५ वैशाख ५ गते नुवाकोट प्रहरी कार्यालय पठाएको थियो।