गरिब परिचयपत्र वितरणमा धनी बाधक भएपछि…

गरिब परिचयपत्र वितरणमा धनी बाधक भएपछि…

काठमाडौं ,८ वैशाख । अवकाशप्राप्त प्रधानध्यापक खोटाङ, रावाबेँसी गाउँपालिका, ४ डुम्रेधारापानीका विष्णुप्रसाद अधिकारीको नाम सामान्य गरिबको सूचीमा समावेश छ । मोरङ बसाइ सरिसकेका रावाबेँसीकै राजन अधिकारी मध्यम गरिब तथा ज्यामिरेका वडा सचिव दानबहादुर मगर सोलुखुम्बु हुलाकमा कार्यरत गोविन्दप्रसाद रिजाल, देउराली मावि डुम्रेधारापानीका शिक्षक एकवल्लभ रिजालको नाम पनि अति गरिबको सूचीमा समावेश छ ।

यस्तै, ऐसेलुखर्क गाउँपालिका, ५ दुबेकोलका मकरध्वज गुरुङ, छविलाल निरौलालगायतको नाम गरिब परिवारको सूचीमा राखिए पनि अन्य गरिबको तुलनामा अस्वाभाविक लाग्छन् । आजको नागरिक दैनिकमा दमन राईले समाचार लेखेका छन् ।