टुंगो लगायो नेकपाले ७७ जिल्लाकै अध्यक्ष र सचिव, भोली सार्वजनिक गर्ने

टुंगो लगायो नेकपाले ७७ जिल्लाकै अध्यक्ष र सचिव, भोली सार्वजनिक गर्ने

काठमाडौं,८ बैशाख  । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ।आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो।आइतबार बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको थियो।बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको नेतृत्वको टुंगो लागेको बताए। ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम भोली ७० औँ स्थापना दिवसको अवसर पारेर विहान ९ बजे सार्वजनिक गर्ने नेकपाले जनाएको छ ।