गोर्खा घ्याल्चोकमा नदिजन्य पदार्थ तस्करी गर्ने उद्योग र ट्रीपर प्रहरि नियन्त्रणमा

गोर्खा घ्याल्चोकमा नदिजन्य पदार्थ तस्करी गर्ने उद्योग र ट्रीपर प्रहरि नियन्त्रणमा

घ्याल्चोक

गाेरखाको गण्डकि गाउपालिका ८ घ्याल्चाेकमा अबैध रुपमा नदिजन्य सामाग्री तस्करी गर्ने  मुक्तिनाथ कंक्रीट उद्योग र सोहि कम्पनी बाट संचालित ट्रीपर प्रहरिले नियन्त्रणमा लियको छ।

ठेकेदार सुधिर कार्की द्वारा संचालित मुक्तिनाथ कंक्रीट उद्योग प्रालि स्थानीय निकायलाइ राजस्व तिरी  ठेक्का पारेकै कम्पनी भय पनि सिउरिनटार नजिक त्रिशुलि नदिबाट ताेकिएको मापदण्ड र ताेकिएकाे समय भन्दाको फरक समयमा गिट्टि ,ग्राबेल तस्करी गर्दा सिउरिनटार प्रहरि चाैकिले आज नियन्त्रणमा लिएकाे हो ।

स्थानीय प्रशासनले बारम्बार चेतावनी साथै नियन्त्रणमा लिने जानकारी दिदा पनि उद्योगले अटेरी गरे पछि अाज उक्त उद्योग सञ्चालन गर्ने कम्पनि साथै तस्कर गरेको सामाग्री ढुवानी गर्ने बा ४ ख३५३० नम्बरको ट्रीपर नियन्त्रणमा लिएकाे हाे।

केही दिन अगाडि सोही स्थान नजिकै वडा नम्बर ७ मा बिना टेन्डर ठूलो मेसिन प्रयोग गरेर नदि जन्य पदार्थ उत्खनन गर्दै गरेको अबस्थामा एउटा स्काभेटर सहित चार जना पक्राउ परेका थिय।पक्राउ पर्नेमा एक्साभेटर चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका– ५ का २५ वर्षका राजिव सिलवाल, टिप्पर चालकहरु धादिङकै गजुरी गाउँपालिका –६ का २७ वर्षका आइतराज मोक्तान, ३७ वर्षका मुक्त तामाङ र २७ वर्षका नवराज तामाङ रहेका  जानकारी दियको छ । स्मरण रहोस घ्याल्चोक कै एउटा गाउँ नै सारेर बालुवा उत्खनन को काम समेत भै रहेको छ।

त्रीशुलि नदिकाे I.E.E मा ताेकिएकाे मापदण्ड भन्दा बढि ग्राबेल बालुवा निकालियको मा स्थानिय  जनता र सरोकारवाला आक्रोशित बने पनि स्थानीय वडा कार्यलय मौन बसेको आरोप लागेको छ। देश संघीयतामा गय संगै अधिकांश स्थानिय निकायको राम्रो कर उठ्ने श्रोत नदि जन्य पदार्थ को दोहन बनेको छ।