गोर्खाको फुजेलमा काम गर्न पोलमा चढ्दा करेन्ट लागेर एकजनाको ज्यान गयो,लामो समय सम्म लास पोलमै झुन्डियो।

गोर्खाको फुजेलमा काम गर्न पोलमा चढ्दा करेन्ट लागेर एकजनाको ज्यान गयो,लामो समय सम्म लास पोलमै झुन्डियो।

गोरखा : गोरखाको गण्डकी गाउँपालिका ३ फुजेल एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। विद्युत सम्बन्धी काम गर्दै आएका सोही ठाउँका ३१ वर्षीय भुवन अधिकारीको मंगलबार करेन्ट लागेर मृत्यु भएको हो।

कुखुरा फार्ममा लाइन जोड्ने क्रममा बिजुली सर्ट भएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय कृष्ण पन्तले जानकारी दिए। विद्युत प्राधिकरणका प्राविधिकको लापरबाहीले उनलाई करेन्ट लागेको स्थानीय बासिन्दाले आरोप लगाएका छन्।

यता प्राधिकरणले भने स्थानीयकै दबाबमा काम गर्दा उनलाई करेन्ट लागेको बताएको छ। दबाबमा काम गर्दा दुर्घटना भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेको भनाइ छ। करेन्ट लागेर ज्यान गुमाए पछि उनको सब लामो समय सम्म पोल मै झुन्डिएको अब्स्थामा रहेको थियो अहिले उक्त शवलाई पोस्टमार्टमका लागि सदरमुकामतर्फ ल्याइएको प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए।