लायन्स क्लव अफ आँबुखैरेनीको २१ औं चार्टर नाईट कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ आँबुखैरेनीको २१ औं चार्टर नाईट कार्यक्रम सम्पन्न

आँबुखैरेनी, १२ वैशाख । तनहुँको आँबुखैरेनीमा रहेको लायन्स क्लव अफ आँबुखैरेनीको २१ औं चार्टर नाईट कार्यक्रम सम्पन्न भएको छ । लायन्सका डिष्ट्रिक गर्भनर अशोक श्रेष्ठको प्रमुख आतिथ्य र क्लवका २०१८र१९ का अध्यक्ष लायन काजी थापाको अध्यक्षतामा बुधबार साँझ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोन्धन गर्दै आँबुखैरेनीमा रहेका दुवै लायन्स क्लवले मिलेर आँबुखैरेनीको आवश्यकतालाई मध्यनजर गरेर एउटा राम्रो र ठुलो प्रोजेक्टमा काम गर्नुपर्नेमा प्रमुख अतिथी श्रेष्ठले जोड दिनु भयो । यसैगरी कार्यक्रममा क्लवका अध्यक्ष लायन काजी थापाले आफ्नो कार्यकालमा क्लवको कार्यालय स्थापना, मृगौला पिडीतहरुलाई लाखौ रकम सहयोग, विभिन्न आश्रमहरुलाई खाद्यान्न सहयोग, विद्यार्थीहरुलाई न्यानो कपडा वितरण, अपाङ्गता भएकाहरुलाई ह्वीलचेयर प्रदान, पाचौ आँबुखैरेनी मिनि म्याराथुनको सफलतापूर्वक सञ्चालन, लियो क्लव अफ आँबुखैरेनीलाई नगद २५ हजार सहयोग लगायतका सामाजिक कामहरु भएको बताउनुभयो ।