लायन्स क्लव अफ आँबुखैरेनीको २०१९/२० मा लायन अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

लायन्स क्लव अफ आँबुखैरेनीको २०१९/२० मा लायन अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

 

आँबुखैरेनी, १२ वैशाख । तनहुँको आँबुखैरेनी स्थित लायन्स क्लव अफ आँबुखैरेनीको २०१९/२० को नयाँ कार्यसमिति घोषणा भएको छ । बुधबार साँझ आँबुखैरेनीमा सम्पन्न क्लवको २१ औं चार्टर नाईट कार्यक्रममा लायन गोविन्द अधिकारीको अध्यक्षतामा २०१९र२० को नयाँ कार्यसमिति चयन भएको घोषणा गरिएको हो । समितिको अन्य पदाधिकारीहरुमा लायन दिपक कोइराला प्रथम उपाध्यक्ष, लायन कपिल खनाल द्वितीय उपाध्यक्ष, लायन राम कृष्ण श्रेष्ठ सचिव, लायन दिपक गुरुङ कोषाध्यक्ष, लायन खगेन्द्र देवकोटा सह–सचिव, लायन प्रमोद वाग्ले सह–कोषाध्यक्षमा चयन भएका छन् । यस्तै लायन अन्जन श्रेष्ठ, ऋषि अधिकारी, उज्वल सिंखडा, दिपक बाबु थापा, सन्तोष पोख्रेल, अर्जुन श्रेष्ठ, निर्माणजंग श्रेष्ठ र डाइरेक्टरहरुमा लायन राजन कट्टेल, सुमनबाबु श्रेष्ठ, राजेन्द्र खनाल चयन भएको छ ।