मुग्लिङ नजिक त्रिशूली नदिले बनायो नेपालको नक्सा भन्दै तस्बिर भाइरल ( fact check)

मुग्लिङ नजिक त्रिशूली नदिले बनायो नेपालको नक्सा भन्दै तस्बिर भाइरल ( fact check)

मुग्लिङ

इच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार नजिक रहेको   नदिले अचम्मको आकृती  बनाएको दाबी  गरिएको छ। प्राय : जमिन नजिक बाट हेर्दा कहिले याद र कल्पना समेत नगरिएको मुग्लिङ नजिक बगिरहेको त्रिशूली नदिले बनाएको आकृती आकासबाट हेर्दा हुबहु नेपालको नक्सा जस्तै देखिन्छ।

इच्छाखबरले टाढाबाट खिचेको  मुग्लिङको फोटो

रुपक फोटोग्राफी मार्फत खिचिएको भनी सामाजिक संजालमा तस्बिर भाइरल भए पछि मुग्लिङ नजिक त्रीशुली नदिमा बगिरहेको पानी बाट निर्मित नेपालको नक्सा बारे स्थानीय आश्चर्य चकित भएका छन। इच्छाखबरले टेक्नोलोजीको र फिल्डमै पुगेर अनुसन्धान गर्दा फोटोमा केही मात्रामा नदि किनारको भाग एडिट गरिएको पाइएको छ। तर आकासबाट केही समय पहिले खिचिएको तस्बिर आकर्षक र यतार्थ नै रहेको पुष्टि भएको छ।