एउटै प्रणालीबाट तीनै तहको बजेट

एउटै प्रणालीबाट तीनै तहको बजेट

काठमाडौं, १३ वैशाख । सरकारले केन्द्र, प्रदेश र स्थानीय तहको बजेट तर्जुमा र खर्चरराजस्वको हिसाब राख्न सातवटै प्रदेशमा मन्त्रालयगत बजेट सूचना प्रणाली लागू गरेको छ ।

आगामी आर्थिक वर्षदेखि तीनै तहको सरकारले बजेट तर्जुमा र कार्यान्वयन अवस्थाबारे जानकारी राख्नुपर्नेछ ।यो प्रदेशगत मन्त्रालय बजेट सूचना प्रणाली (प्रोभिन्सल लाइन मिनिस्ट्री बजेट सिस्टम, पीएलएमबीआईएस) हो । यसमा तीन तहका सरकारले आ–आफ्नो क्षेत्रको बजेट तर्जुमादेखि कार्यान्वयनसम्मको अवस्था उल्लेख गर्नुपर्ने हुन्छ ।

सरकारले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै पीएलएमबीआईएसका लागि स्वीकृति दिएको हो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।