नेकपाले देशभर नेता थप्ने
काठमाडौं,१५ वैशाख । नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चार जनाका दरले २८ जना पदाधिकारी छन् ।
सबैभन्दा बढी सहइन्चार्ज प्रदेश ३ मा थपिनेछ । प्रदेश तीनमा कम्तीमा चार सहइन्चार्ज थपिँदै छन् । प्रदेश १ मा सावित्रीकुमार काफ्ले, २ मा विश्वनाथ शाह, ३ मा हितबहादुर तामाङ, गण्डकीमा खगराज अधिकारी, ५ मा दलबहादर राना, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लक्ष्मण जोशी सहइन्चार्ज छन् । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।
