जनप्रतिनिधिले नै झुक्याएर अशक्त महिलाको ३२ कट्ठा जग्गा पास गरेपछि

जनप्रतिनिधिले नै झुक्याएर अशक्त महिलाको ३२ कट्ठा जग्गा पास गरेपछि

जनप्रतिनिधिले नै झुक्याएर अशक्त महिलाको ३२ कट्ठा जग्गा पास गरेपछि

रुपन्देही,१७ वैशाख । रुपन्देहीको मर्चवामा वडाध्यक्षले नै सर्वसाधरणको जग्गा झुक्याएर हडपेको खुलासा भएको छ । रुपन्देहीको कोटहीमाई, ४ वडाध्यक्ष ओमप्रकाश पाण्डेयसमेतको मिलेमतोमा सात जनाले कमलावती पालको ३२ कट्ठा सात धुर जग्गा झुक्याएर आफ्नो नाममा सारेको छन् । ४९ वर्षीय पाल बोल्न रु हिड्न सक्दिनन् ।

वडाध्यक्ष पाण्डेयले पालको जग्गा आफ्नै छोरा राजेश पाण्डेयसहित सात जनाको नाममा सारिदिएका छन् । आफ्नो नाममा जग्गा छोराको नाममा गराउने भनी कमलावतीलाई कार्यालयमा लगेर वडाध्यक्षले आफ्नै छोराको नाममा जग्गा नामसारी गरिदिएको कमलावतीका छोरा सुभाष लोनियाले बताए । यो समाचार नयाँ पत्रिकामा दीपेश पछाईले लेखेका छन् ।