इच्छाकामनामा कर्मचारीको अभाव, सेवाग्राहीेलाई शास्ती, कर्मचारिलाइ जनप्रतिनिधि को दवाव

इच्छाकामनामा कर्मचारीको अभाव, सेवाग्राहीेलाई शास्ती, कर्मचारिलाइ जनप्रतिनिधि को दवाव

कुरिनटार,२६ वैशाख । इच्छाकामना गाउँपालिकामा कर्मचारीको अभाव भएपछि सेवाग्राहीले शास्ती बेहोर्नु परेका छन् । स्थानीय र प्रदेश तहको कर्मचारी लाई कामको लागि सहज होस् भनी ल्याएको समायोजन अध्यादेशका कारण इच्छाकामना गाउँपालिका रोज्ने कर्मचारी धेरै नहुनु तर छोड्न चाहने अत्यधिक हुदाँ इच्छाकामना गाउँ पालिकामा कर्मचारी अभाव भएको हो ।
इच्छाकामना गाउँपालिकाका प्रशासकिय अधिकृत नरहरी सापकोटाकाको अनुसार अहिले इच्छाकामना गाउँपालिकामा ३९ निजामती दरबन्दी रहेको भएपनी जम्मा ४ जना मात्र इच्छाकामना गाउँपालिकामा रहेको जानकारी दिनु भयो। पहाडी भुभागभएता पनि सुगम मानिने इच्छाकामना गाउँपालिकामै बस्ने पक्का भएको र समायोजन रोजि आएको गरि अहिले निजामती कर्मचारी जम्मा ४ जना मात्र छन् भने गाउँपालिकाको आन्तरिक श्रोत बाट लगभग चालीस जनाले सेवा प्रवाह गर्दै आएका छन। जनप्रतिनिधिको अभिभावकिय भुमिका नहुनु आन्तरिक श्रोतका कर्मचारीलाई तालिमको अभावले काम दुस्तचुरुस्त हुन नसक्नु र जन प्रतिनिधि हरुको आफू खुसी निर्देशन र हस्तक्षेपको कारण सेवा प्रवाह प्रभावित भएको प्रमुख प्रशासकिय अधिकृत नरहरी सापकोटाको बुझाइ रहेको छ।

जनप्रतिनिधिको दबाबले काम गर्न अप्ठेरो- प्रमुख प्रशासकिय अधिकृत

बैशाख २५ गते सोमबार इच्छाकामना गाउँपालिका वडानम्बर ३ का एकजना सेवाग्राही हातमा चाबी ताल्चा बोकेर गाउँ पालिकाको कार्यलय आए। लामो समय लेखा साखामा धाइ रहेका उनको माग थियो आज पनि मेरो काम नभए लेखा साखामा चाबी लगाइन्छ। चहलपहल पुर्ण गाउँपालिकाको कार्यलयमा रहेका सबैको ध्यान एकाएक त्यतै मोडियो। वडानम्बर ३ कै कार्यलयमा काम गरिरहनु भएकी रिता अर्यालले केही भने पछि बल्ल तल्ल ती ब्यक्ती सान्त भए तर कर्मचारी लाई भने जनप्रतिनिधिको ठाडो आदेश आइसकेको रहेछ। केही नर्बस अबस्थामा आफ्नै कार्यकक्षमा काम गरिरहेका प्रमुख प्रशासकिय अधिकृत एकजना महिला कर्मचारीलाई सम्झाउदै गएर काम गर्न भन्दै थिए ।तर ती महिला कर्मचारी आफुले समायोजन रोजेर सरुवा भएको तर इच्छाकामना गाउँपालिकाको जनप्रतिनिधिले रुखो व्यवहार गरेको र कार्यलयले पत्र नबाइदिएको भन्दै आँखा बाट आँसु खसाल्दै थियिन।

साझ अबेर सम्म पनि काम गर्दै गरेका भेटिने प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले एकाएक बिहानै फेसबुक स्टाटसमार्फत आफ्नो गुनह प्रस्तुत गर्नु भयो। –

{आज हैन हिजो कार्यालयमा काम गर्दागर्दै त्यसमा
पनि ५:००बजे पछि कर्मचारीको विरुद्धमा गरिएको
अपृय व्यवहारले रातभरी नै सताउने भयो !!!}

सापकोटाको स्टाटस राती दुई बजे आसपास लेखिएकोले पनि बुझ्न सकिन्छ उनी माथी हिजो कार्यकक्षमै अभद्र व्यवहार भए छ र उनी रातभर बिचलित भएछन। बिहान करिब ७ बजे तिर सापकोटाको स्टाटसमा कमेन्ट गर्दै इच्छाकामना गाउँपालिका प्रमुख गिता कुमारी गुरुङले लेख्नु भयो नरहरी जि को बानी पनि अचम्मको छ आफू सेवा प्रवाह दुस्त चुरुस्त गर्न नसक्ने काम भएन भन्दा दबाब भन्ने आसय ले लेखिएको अध्यक्षको कमेन्ट केही समय पछि डिलेट भएछ। यसबाट प्रस्ट हुन्छ कि हिजो गाउँपालिकामा केही भएको नै रहेछ। त्यस्तै गाउँपालिकामै कार्यरत रेशम सुनारले पनि नरहरी सापकोटाको पोस्ट को स्क्रीन सट पोस्ट गर्दै लेख्नु भयो –

महामहिम अध्यक्ष्य गिता कुमारी गुरुङको पटक पटकको यस्तो खराब ब्यवहारले सबै कर्मचारीहरु एकदमै त्रसित भएको अवस्था छ । आफुले काम गर्ने वातावरण नै नदिने अनि कर्मचारीहरुले काम नै गरेन भनेर उसको ब्यक्तिगत आँच पुग्नेगरी सामुहिक कार्यक्रममा लज्जित बनाउने, आँसु निकाल्न बाध्य वनाउने, कर्मचारीको पारीवारीक सम्बन्ध नै बिग्रीदो अवस्था बनाउने कार्य एकदमै लज्जास्पद छ । मान्छे पद ओगटेर भन्दा नि काम गरेर, सबैलाई सङ्गै हातमा हात मिलाएर आफुले भनेको लक्ष्यमा पुगी जनताको सेवा गर्न सके मात्रै महान भैइन्छ भन्ने कुरा महामहिमलाई कल्ले सम्झाईदिने ?

यस्तो यस्तो सामाजिक संजालको पोस्ट हरुले जनप्रतिनिधि संग कर्मचारी खुसी छैनन भन्ने प्रस्ट हुन्छ। भौगोलिक बिकटता भन्दा पनि जनप्रतिनिधि हरुको हैकम बादी प्रवृत्ति मननपराएर इच्छाकामना गाउपालिका छोड्न चाहेको कर्मचारी धेरै भएको भन्ने आरोप लाग्दै गर्दा यी र यस्ता घटना बाहिर आएका हुन।

यस विषयमा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङसँग प्रतिक्रिया माग्दा काम गर्नुपर्ने कर्मचारीले जनताको काम नगरेपछि किन गरेन भनेर भन्दा गलत अर्थ लगाएको बताउनुभयो । ‘गाउँपालिकाको दुरदराजबाट आउने जनतालाई प्रक्रिया पुगेन भन्दै हप्तौसम्म फर्काइने दुःख दिने कर्मचारीले प्रक्रिया के हो त्यो चाहि भन्दैन, जनताको काम नभएसी आक्रोस जनप्रतिनिधी तिर आउँछ, अनि हामीले यो काम किन भएन गर्दिनुस् भन्दा जनप्रतिनिधीले दबाब दियो, काम गर्न दिएन जस्ता अनावश्यक कुराहरु गर्छन्’ अध्यक्ष गुरुङले भन्नुभयो ।

केही समय पहिले पनि इच्छाकामना गाउँपालिका साबिकको ४ गाबिसका सचीव हरुले सामुहिक राजिनामा दिएका थिए।