प्रहरी हिरासतमै यूवक झुण्डिएपछि रत्ननगर तनावग्रस्त
रत्ननगर,२६ वैशाख । चितवन स्थित ईलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा एक युवक गम्भीर घाईते भएपछि स्थिति तनावग्रस्त बनेको छ ।कालिका नगरपालिका वडा नं १ का २४ बर्षिय समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्ट मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाईते भएका घिसिङलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए ।
