थिङ परिवारको घर निर्माणका लागि उद्यमशिल महिला जागर केन्द्रद्वारा जस्तापाता सहयोग

थिङ परिवारको घर निर्माणका लागि उद्यमशिल महिला जागर केन्द्रद्वारा जस्तापाता सहयोग

कुरिनटार, ३० वैशाख । उद्यमशिल महिला जागर केन्द्र इच्छाकामनाले घर निर्माणका लागि जस्तापाता सहयोग गरेका छन् ।
दैनिक मजदुरी गरेर गुजारा चलाईरहेका घरजग्गाविहिन चितवनको इच्छाकामना गाउँपालिका वडा न. ७ सुन्दरबस्तीका पूर्ण बहादुर थिङको परिवारको घर निर्माणका लागि ४ बण्डल जस्तापाता सहयोग गरेका हुन् ।
घरजग्गा बिहिन थिङलाई केही समय अघि स्थानिय बुद्धिमाया थापा मगरले घर निर्माणका लागि जग्गा दान गरेकी थिईन् । अहिले छिमेकीहरु मिलेर उनको घर निर्माण कार्य शुरु गरेका छन् । थिङको ४ छोराछोरी र श्रीमती सहित छ जनाको परिवार छन् ।