सरकारी नम्बर प्लेट गाडीको ठक्करबाट इच्छाकामनामा एक जना गम्भिर घाइते

सरकारी  नम्बर प्लेट गाडीको ठक्करबाट इच्छाकामनामा एक जना गम्भिर घाइते

कुरिनटार,२ जेठ । चितवनमा सवारी साधनको ठक्करबाट एक जना गम्भिर घाईते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँ पालिका ३ चुम्लिङटारमा इलामबाट काठमाडौँ जादैँ गरेको सडक डिभिजन कार्यालय इलामको बा १ झ ९७५८ नम्बरको कारले ठक्कर दिदाँ वडा न ३ कै रातोपानी निवासी ५५ बर्षका डम्बर बहादुर चेपाङ गम्भीर घाइते भएका हुन् । उनको स्थानीय पोलिक्लिनिकमा प्राथमिक उपचार पछि थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको इलाका प्रहरीले कार्यालय मुग्लिनले जनाएको छ।
ठक्कर दिने गाडीलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ । उक्त गाडीमा चालक सहित तीन जना सवार थिए ।

ठक्कर दिएर भाग्दै गर्दा चालक सहित गाडीलाई फिल्श्लिङबाट नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका हुन् ।