आबुखैरेनिको छिम्केश्वरी र आँदिमूल बराही मन्दिर पनि परे गण्डकी प्रदेशको ११० पर्यटकीय गन्तव्यमा

आबुखैरेनिको छिम्केश्वरी र आँदिमूल बराही मन्दिर पनि  परे  गण्डकी प्रदेशको ११० पर्यटकीय गन्तव्यमा

तनहुँ , २ जेठ । गण्डकी प्रदेशको ११० पर्यटकीय गन्तव्यमा तनहुँ आबुखैरेनी गाउँपालिकाको छिम्केश्वरी र आँदिमूल बराही मन्दिर परेका छन् । यस अघि तनहुँको पर्यटकीय क्षेत्र आँबुखैरेनी गाउँ पालिकाको छिम्केश्वरी र आँदिमूल बराही मन्दिर गण्डकी प्रदेशको १०० पर्यटकीय गन्तव्य मा नपरेको भन्दै स्थानीयले ब्यापक गुनासो गरेका थिए । गुनासो ब्यापक बने पछि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानको विशेष पहलमा उक्त क्षेत्र पर्यटकीय गन्तव्य ११० मा परेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गण्डकी प्रदेशका ११० प्रमुख पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । मन्त्रालयले ११ जिल्लाका ११० पर्यटकीय गन्तव्यलाई पुस्तकमार्फत बुधबार सर्वजनिक गरेको हो । मन्त्रालयले यी गन्तव्यलाई प्राकृतिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण मानेको छ । छनोट भएका स्थानको प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जनाएको छ ।

 


पुस्तकका संकलक, सम्पादन, संयोजक एवं मन्त्रालयका कार्यक्रम अधिकृत तुलसीराम शर्माका अनुसार नेपाल सरकारले तयार गरेको टुरिजम मास्टर प्लान, जिल्ला समन्वय समिति, नेपाल पर्यटन बोर्डले प्रकाशन गरेको टुरिजम प्रडक्ट अफ नेपाल नामक पुस्तकलगायतको सहयोगमा पर्यटकीय गन्तव्य छनोट गरिएको हो ।

यी हुन प्रमुख पर्यटकीय गन्तब्य

तनहुँ — बन्दीपुर, व्यास पर्यटन क्षेत्र, मिलुङकोट, देवघाटधाम, ढोरवराही, छाब्दीवराही, छिम्केश्वरी, भानुभक्त जन्मस्थान र घाँसी कुवा, ढोरवराही मन्दिर, आदिमूल बराही मन्दिर , तनहुँसुर ।

लमजुङः लमजुङ दरबाररगाउँसहर, घले गाउँ, घनपोखरा, राइनासकोट, इलमपोखरी, सिउरुङ, भुजुङ, करापुटार÷इशानेश्वर महादेव, काउलेपानी, दूधपोखरी ।

गोरखाः गोरखा दरबार, मनकामना मन्दिर÷ केबलकार, छेकम्पार, बारपाक÷लारपाक, लार्केपास, श्रीनाथकोट मण्डली, गोरखा कालिकारगोरखनाथ गुफा, लिगलिगकोट, मनास्लु हिमालरसंरक्षण क्षेत्र ।

कास्कीः फेवातालरतालवराही मन्दिर, विश्वशान्ति स्तुपा, पातले छाँगो, गुफाहरू ९गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति०, विन्ध्यबासिनी मन्दिर, अन्नपूर्ण बेसक्याम्प, सराङ्कोट, बेगनासताल, रूपा तथा अन्य तालहरू, काहुँडाँडा, कोटहरू ९रूपा, पुम्दी, कास्की, स्यालुङ र ठूला० ।

मनाङः तिब्बती खम्पाको बंकर, गंगापूर्ण ताल, छो कर्णताल, कांगला पास पदयात्रा, पंकर ताल, डोना ताल, तिलिचो, थोन्चे लार्के पदयात्रा, अन्नपूर्ण, थोरंगलापास ।

मुस्ताङः लोमान्थाङ, मुक्तिनाथ मन्दिर, लो–घेकर गुम्बा, धौलागिरि आइसफल, कागवेनी, दामोदर कुण्ड, जोमसोम गाउँ, कुछप तेरेंगा गुम्बा, टिटी ताल, लियोपाड केभ ।

म्याग्दीः गलेश्वरधाम, धवलागिरि बेसक्याम्परहिमाल, धवलागिरि आइसफल, पुनहिलरघोरेपानी, मालिका धुरी, पुला ढोलठानारटोड्के धुरी, रुप्से छहरारअन्ध गल्छी, तातोपानी कुण्ड, खोप्रा लेक र पुलस्त्याश्रमर जगन्नाथ मन्दिर ।

बाग्लुङः पञ्चकोटरशालिग्राम संग्रहालय तथा रंगबैंकटेस मन्दिर, ढोरपाटन, बाग्लुङ कालिका भगवती मन्दिर, जैमिनी धामरगाईथुनेरमाईस्थान तथा हाँडिकोट, रुद्र ताल, भैरवस्थान मन्दिर तथा भकुण्डे, घुम्टे धुरी क्षेत्र, विहुँकोट शिवालय शिवधुरी भुलेनी क्षेत्र, सत्यवती मन्दिर र गाईघाट झरना ।

पर्वतः भमरकोट माटेरजलजला, पञ्चासे पञ्चधाम धार्मिक क्षेत्र, डहरे नीलकण्ठ पर्वतरप्राकृतिक टावर, चिसापानी कालिका र सूर्यास्तको दृश्य, महाशिला, सेतीवेणी शालिग्राम शिला, कुस्मा मोदीवेणी क्षेत्र, पैयुँकोट मन्दिर, बन्जिजम्प स्काई साइकलिङ र साहसिस पिङ, महभिर छहरा आरोहण क्यानेनिङ ।

स्याङ्जाः सिरुबारी, साल्मेडाँडार नुवाकोट काला भैरव मन्दिर, सतौ चण्डी मन्दिर, आलम देवी मन्दिर, छायाक्षेत्र मन्दिर, राम्दीधाम, कालीगण्डकी उच्चबाँध, स्वरेक मैदान स्वरेक कोट र गुफा, अनधा अन्धी, गह्रौकालिका ।

नवलपुरः मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, शाश्वतधाम, कामधेनु क्षेत्र, अकलादेवी मन्दिर, गजेन्द्र मोक्ष धाम, देवचुली तथा बरचुली डाँडा, दाउन्ने देवी मन्दिर, मध्यबिन्दु, ल्होसो धारा बाबाधाम मन्दिर परेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गण्डकी प्रदेशले जनाएको छ ।