दारेचोकमा सामुदायिक स्वास्थ्य इकाई स्थापना फोटो फिचर सहित
कुुरिनटार,४ जेठ । चितवनको इच्छाकामना गाउाँलिका वडा न ३मा पहिलो पटक स्वास्थ्य सेवा संचालन हुने भएको छ । गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबीच सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले स्वास्थ्य सेवा नपुगेका सबै दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि सेवा दिने कार्यक्रम अन्तरगत यस वडामा स्थापना गरिएको बताईन् । यस अघि वडा न. १ को दुर्गम बस्ती भराङमा पनि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि सेवा दिईरहेको बताउनुभयो । अन्य वडामा पनि चाडैँ स्थापना गरिने बताउनुभयो ।
वडाअध्यक्ष गोवद्र्धन अधिकारीले मुलुकको विकासका लागि हरेक नागरिक स्वास्थ्य हुनु पर्ने बताउदैँ सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउनको लागि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको बताउनुभयो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनकुमार खड्काले एक जना स्वास्थ्यकर्मीबाट सेवा सुरु गरिएको बताए । खड्काले तत्काल गर्भ जाँच,परिवार नियोजन लगायत अन्य प्राथमिक उपचारका सेवा दिईने बताउनुभयो ।
कार्यक्रमममा नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सदस्य प्रताप गुरुङ गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेकोमा गाउँपालिका र वडालाई धनयावाद दिनुभयो । उहाँले गाउँका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिनु पर्ने मागपनि गर्नुभयो । नेपाली कांग्रेसका गाउँ कमिटीका सचिव हिरा गुरुङले समृद्धि इच्छाकामना निर्माणका लागि कुनै पार्टी समूह नभनी एक भएर अघि बढ्नु पर्ने बताउदैँ स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा हुनुपर्नेमा जोडदिदैँ शुभकामना दिनुभयो ।स्वास्थ्य सेवा संचालनका लागि माझ गाउँ माध्यमिक विद्यालयले भवन उपलब्ध गराएका छन् ।
गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि स्थानीयहरु बासिन्दाहरुमा खुसी छाएका छन् । इच्छाकामना गाउँपालिका ३ का राम बहादुर गुरुङले पहिलोपटक गाउँमै स्वास्थ्य सेवा पाउदाँ खुसीको सीमा नरहेको बताए । उहाँले भन्नुभयोे,“समान्य चोटपटक लाग्दा टाउको दुख्दा समेत ३ घण्टा हिडेर कुरिनटार, मुग्लिन जानु पर्ने बाध्यता थियो, अहिले गाउँमै स्वास्थ्य सेवा पाउने भए पछि खुसीको सीमा नै छैन । ”
वडा न ३ कै चौताराका तिर्थ कुमारी गुरु पनि गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि खुसी छिन् । उनले गाउँमै स्वास्थ्य सेवा सुरु गरेकोमा जनप्रतिनिधिहरुलाई धन्यावाद दिनुभयो ।
चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका बासिन्दाहरु भौगोलिक विकटता र गाउँमै स्वास्थ्य संस्था नहुदाँ स्वास्थ्य सेवाबाट बञ्चित हुदैँ आएका छन् । इच्छाकामनाका बासिन्दाहरुले स्थानीय तह स्थापनापछि वडा–वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना हुन थालेपछि केही राहतको महशुस गर्न थालेका छन् ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ ,प्रवक्ता सावित्रि गुरुङ,जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, विभिन्न संघसंसथाका प्रतिनिधि र स्थानियको उपस्थिति रहेका थिए ।
गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ प्रमुख आतिथ्य तथा वडाअध्इक्ष गोवद्र्धन अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको वडा सचिव रिता अर्याल नेपालले संचालन गर्नुभएको थियो ।
