आज प्रधानमन्त्री धादिङ आउने , बिप्लप नेतृत्व नेकपाको धादिङ बन्द।

आज प्रधानमन्त्री धादिङ आउने , बिप्लप नेतृत्व  नेकपाको धादिङ बन्द।

बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले जेष्ठ ६ गते धादिङ बन्दको आह्वान गरेको छ। प्रधानमन्त्री जता जान्छन् त्यो जिल्ला बन्द गर्ने नीति लिएको बिप्लप नेतृत्वले आज प्रधानमन्त्री केपि शर्मा ओलि धादिङ आउने भए पछि धादिङ बन्दको आह्वान गरेको हो।

बन्दको प्रभाब बिहानै देखि देखिन थालेको छ। मुख्य बजार क्षेत्रका पसलहरु आंसिक खुलेका छन भने सर्बसाधरण गाडी नपाएको कारण सास्तीमा छन। पृथ्वी राजमार्गको क्षेत्र पनि धादिङमै पर्ने भए पनि सुचारु अबस्थामा रहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रधानमन्त्री केपि शर्मा ओलिले आज धादिङ को मासटारमा आयोजित एक कार्यक्रममा संबोधनगर्ने तालिका रहेको छ। त्यस्तै नेपाल टेलिकमको २१७९ किमि फाइबर बिच्छ्याउने कार्यक्रमको उद्गघाटन गर्ने कार्यक्रम समेत रहेको छ। सोही कार्यक्रम लाइ मान्छे ओसार्न अधिकांस बस भाडामा लिएको कारण पनि सर्बसाधरणले थप गाडिको समस्या भोग्न परेको हो।