बेनिघाट रोराङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको निधन

बेनिघाट रोराङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको निधन

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्षबहादुर थापाको निधन भएको छ ।  स्थायी घर गोर्खा भइ विगत २ वर्ष देखि नै बेनिघाटरोराङमा कार्यरत ५४ वर्षीय थापा बुधबार बिहान एक्कासी अस्वस्थ भएपछि उनलाई उपचारका लागि काठमाडौंको  नर्भिक अस्पताल पुर्‍याइएको थियो।

प्रारम्भिक जानकारी अनुसार उनी न्यून रक्तचापका बिरामी थापाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । निधनको खबर थाहा पाए पछि। गाउँपालिका अध्यक्ष  लगायत स्थानीय तहका पदाधिकारीहरु काठमाडौ गएका छन।