इच्छाकामना गाउँपालिका स्तरीय चेपाङ संघ गठन, अध्यक्षमा विकास चेपाङ

इच्छाकामना गाउँपालिका स्तरीय चेपाङ संघ गठन, अध्यक्षमा विकास चेपाङ

कुरिनटार, १२ जेठ । चितवनको इच्छाकामनामा नेपाल चेपाङ्ग संघले आफ्नो संगठन विस्तार गरेको छ । शनिबार मुग्लिनमा भएको भेलाले विकास चेपाङ्गको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । संघको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा पुस्म बहादुर चेपाङ, सचिवमा दिपा चेपाङ, सह–सचिवमा ज्ञान बहादुर चेपाङ, कोषाध्यक्षमा गणेश चेपाङ, सदस्यहरुमा पूर्णमान चेपाङ, मदन कुमार चेपाङ, बुद्धिमान चेपाङ, गिता चेपाङ, कमल चेपाङ, टिकाराम चेपाङ, मिश्री चेपाङ, चन्द्र कुमारी चेपाङ, इन्द्रमान चेपाङ, गनिरा चेपाङ चयन गरेको छ । बाँकी १ महिला सदस्य पछि मनोनित गरिने नेपाल चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिनुभयो । भेलामा प्रमुख अतिथी नेपाल चेपाङ संघ केन्द्रिय महासचिव आईतसिंह चेपाङ रहनुभएको थियो भने सभापतिमा नेपाल चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङ रहनुभएको थियो ।