काठमाडौको विभिन्न स्थानमा बिस्फोट ३ जनाको ज्यान गयो ५ घाइते

काठमाडौको विभिन्न स्थानमा बिस्फोट ३ जनाको ज्यान गयो ५ घाइते

बिप्लप नेकपाको बन्दको पुर्व सन्ध्यामा काठमाडौको विभिन्न स्थानमा शक्तिशाली बिस्फोट हुदा अहिले सम्म ३ जनाको ज्यान गएको र थप केही घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

काठमाडौको सुकेधारामा र घट्टेकुलोमा करिब साझ ४:४५ बजे शक्तिशाली सिलिन्डर बम बिस्फोट भएको हो। सुकेधारामा २ जना र घट्टेकुलो मा १ जनाको ज्यान गएको प्रहरिले जनाएको छ। बिस्फोट बाट घाइते भएका हरुको अहिले त्रीबी शिक्षण अस्पताल र ॐ हस्पिटलमा उपचार भै रहेको छ।

अहिले सम्म बिस्फोटको जिम्मा कसैले लिगेको छैन। घट्टेकुलोका स्थानीयको अनुसार भोलिको बन्द सफल गराउन बम बनाउदै गर्दा गल्ती भएर बिस्फोट हुन सक्ने अनुमान छ।