निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशालाको बारमा डोजर लगाउने प्रकाश कंडेल परे प्रहरी फन्दामा
भरतपुर १५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको जनाएको छ ।
नेकपाका नेतासमेत रहेका कँडेल बुधबार राति ११-१२ बजेतिर पक्राउ परेका हुन् । यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो ।

