शसस्त्र प्रहरी एका विहानै झाडु लिएर सडकमा निश्किए फोटो फिचर र भिडियो

शसस्त्र  प्रहरी एका विहानै  झाडु  लिएर सडकमा  निश्किए फोटो फिचर र भिडियो

कुरिनटार, १६ जेठ । गणतन्त्र दिवसको अवसर पारेर कुरिनटार बजार र सडक सरसफाई गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यावस्थापन तालिम शिक्षालय कुरिनटार र चितवनको इच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा बिहिबार कुरिनटारको बजार र सडक सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, अन्य जनप्रतिनिधि र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यावस्थापन शिक्षालय कुरिनटारका शसस्त्र प्रहरी, विभिन्न संसंस्थाका प्रतिनिधि लगायत स्थानियहरुको हभागिता रहेका थिए ।
यस अघि पनि विभिन्न समयमा भएको सरसफाईमा शसस्त्र प्रहरी बल नेपाल विपद् व्यावस्थापन तालिम शिक्षालय कुरिनटारले सहभागीता जनाउदैँ आएका छन् ।