भरतपुर अस्पतालमा बालकको मृत्यु भएपछि तनाव, ६ जना पक्राउ
चितवन, १७ जठ । उपचाररत चौध महिने बालकको मृत्यु भएपछि भरतपुर अस्पतालमा बिहीबार राति तनाव भएकोे छ ।रौतहट चन्द्रपुर नगरपालिका वडा नम्वर ५ का प्रकाश बस्नेतका १४ महिने छोरा युदिन बस्नेतकोे उपचारका क्रममा ज्यान गएको हो । ज्वरोकोे विराम भएर गत १४ गते अस्पतालमा भर्ना गरिएका बालकको आमाको दूध सर्किएर ज्यान गएको अस्पताललले जनाएको छ ।
“विहिवार साझ ६ः३० मा आमाको दूध खाएका वालकको सर्कियर ७ः३० मा ज्यान गयो “ अस्पताल स्रोतले भन्यो ।बस्नेतलाई अस्वस्थ भएपछि गत मंगलबार दिउँसो साढे १२ बजे अस्पताल भर्ना गरिएको बताइएको छ।
यता परिवारजनले भने चिकित्सकको लापरबाहीले बालकको ज्यान गएको दावी गरेका छन् । घटना पछि अस्पतालमा तनाव सिर्जना भएको थियोे । पीडितका पक्षमा अस्पतालमा पुगेका युवा सामाजिक अभियान्ता अर्जुन भुषाल सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
