फिस्लिङमा फोहोर व्यवस्थापन तालिम सुरु

फिस्लिङमा  फोहोर व्यवस्थापन तालिम सुरु

कुरिनटार, १८ जेठ । फिस्लिङमा फोहोर व्यावस्थापन तालिम सुरु भएको छ । इच्छाकामना गाउँपालिका वडा न ३ को आयोजनामा फोहोर व्यावस्थापन तालिम सुरु भएको हो । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले आफ्नै घरमा निश्कने बस्तुको सदपुयोग गरि स्वरोजगार बन्न सकिने र फोहोर व्यावस्थापनमा पनि सहयोग पुग्ने भएकोले यस तालिम महत्वपूर्ण भएको बताउनुभयो । साथै अध्यक्ष गुरुङले सिकेको सीपलाई व्यावहार लागु गर्नेमा विश्वास गर्नुभयो ।

कार्यक्रममा वडाअध्यक्ष गोवद्र्धन अधिकारीले बेकार खेर जाने फोहोर बस्तुलाई आकारमा बदलेर आर्थिक आम्दानी गर्न सकिने यस तालिममा मन लगाएर सिक्न आग्रह गर्नुभयो । गाउँ घर बजार सरसफाई गर्नमा पनि यसका ठूलो भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा प्रशासकीय अधिकृत नरहरिसापकोटा, गाउँपालिकाकी प्रवक्ता सावित्रि गुरुङ, वडा न ६ का अध्यक्ष भूपेन्द्र चेपाङ लगायतले मन्तव्य राखेका थिए ।
वडा सदस्य डम्मरकुमारी प्रजाले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रम वडा सचिव रिता अर्याल नेपालले संचालन गर्नुभएको थियो । तालिम पाँच दिन सम्म चल्ने छ ।