चितवनमा अवैधरुपमा संचालन गरिएको १ क्रसर वन्द, ३ जना पक्राउ
चितवन, १९ जेठ । चितवनमा अवैध रुपमा नदी उत्खनन् गर्ने कार्य चितवन प्रशासनले तीव्र पारेको छ ।
प्राकृति स्रोत प्रयोग गर्दा मनलाग्दी पारा एवं नियन्त्रित तवरले नदी उल्खनन् गर्ने कार्य बढेपछि स्थलगत अनुगमन तीव्र पारेको हो ।
सोही अभियान अन्र्तगत चितवन प्रशासन, प्रहरीसहितको टोलीले अनुगमन गर्दा मापदण्ड विपरित जुगेडीमा सञ्चालित न्याम्को क्रसर वन्द गराईएको छ ।
जिल्ला समन्वय समितिको अगुवाईमा समन्वय प्रमुख कृष्ण कुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतसहितको टोलीले क्रसर वन्दसगौ दुई कर्मचारीहरुलाई समेत पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सागर श्रेष्ठ र काजी भण्डारी रहेका छन् । यस्तै ठिमुरा क्षेत्रमा नारायणी नदि उत्खनन् मापदण्ड विपरित उत्खनन् गरेको आरोपमा १ जनालाई नियन्त्रणमा लिनुका साथै २ वटा ईस्क्याभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुग्लिन नारायणगढ सडक विस्तारको क्रममा नदिजन्य वस्तु स्टक राख्न दिईएको स्थानमा अनुमति विना क्रसर संचालन भए पछि प्रशासनले तालावन्दी गरेको जिल्ला समन्यव चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले जानकारी दिए । यस्तै भरतपुर महानगरपालिकासंग उत्खनन्न्को अनुमति लिएको स्थान ठिमुरामा ईआईए भएको भन्दा ७ गुना वढी अर्थात १ मिटर उत्खनन् हुन पर्नेमा ७ मिटर भन्दा बढी नदिजन्य पदार्थ उत्खनन् भएपछि त्यस स्थानमा प्रयोग भएको ईस्काभेटर नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
सो स्थानबाट उत्खनन्का क्रममा वन जंगल विनाश गरेको आरोपमा गोपाल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै अनुगमन टोलीले भरतपुर २९ पन्ध्र किलोमा विरबहादुर कुमालले संचालन गर्ने तयारीमा रहेको रिग्दी खोला क्रसरलाई समेत तत्काल कुनैपनि काम नगर्नको लागि निर्देशन दिदै सोमबार जिल्ला समन्वयमा सम्पर्क गर्न निर्देशन दिईएको छ ।
चितवनमा पछिल्लो समय नदिजन्य पदार्थ मापदण्ड विपरित उत्खनन् गर्ने कार्य बढ्दै गएको छ ।
