संघिय सरकारको बजेट : इच्छाकामनामा रु २६ करोड र आँबुखैरेनीमा २१ करोड

संघिय सरकारको बजेट : इच्छाकामनामा रु २६ करोड र आँबुखैरेनीमा २१ करोड

मुग्लिन, २१ जेठ । आर्थिक वर्ष २०७६÷०७७ को लागि स्थानीय सरकारलाई संघीय सरकारले छुट्याएको बजेट सिलिङ आएको छ । सिलिङ अनुसार चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा यस आवमा २६ करोड रकम परेको छ । जसमध्ये ९ करोड ६८ लाख वित्तिय सवलिकरण र शसर्त अनुदान तर्फ १६ करोड ३२ लाख छ । गत वर्ष भन्दा यसवर्ष इच्छाकामना गाउँपालिकामा ३ करोड ८५ लाख रकम बढेर आएको छ । गत वर्ष इच्छाकामना गाउँपालिकामा संघीय सरकारको बजेट वित्तिय सवलीकरणमा ९ करोड १७ लाख र शसर्त तर्फ १२ करोड ९८ लाख रुपैया गरि २२ करोड १५ लाख रुपैयाँ परेको थियो ।
यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिकामा पनि यस पटक करिब सवा २ करोड बजेट बढेर आएको छ । यस पटक आँबुखैरेनी गाउँपालिकालाई संघिय सरकारले २१ करोड ४५ लाख रुपैयाँ बजेट पारेको छ । जसमा ८ करोड ९० लाख वित्तिय सवलीकरणमा र १२ करोड ५५ लाख रुपैया शसर्त अनुदानमा परेको छ । गत वर्ष आँबुखैरेनी गाउँपालिकामा ७ करोड ७९ लाख वित्तिय सवलीकरणमा र ११ करोड ४६ लाख शसर्त अनुदान तर्फ गरी १९ करोड २५ लाख रुपैया आएको थियो । यसपटक आँबुखैरेनी गाउँपालिकालाई गत वर्ष भन्दा २ करोड २० लाख बढि परेको हो ।