एसपी मल्लको उद्घोष : चितवनको सुरक्षाको लागि कसैको दबाबमा पर्दिन
चितवन, २१ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी उपरीक्षक ) दान बहादुर मल्लले नागरिकको शान्ति सुरक्षाका लागि आफुले कुनै कसर बाँकी नराख्ने र कसैको दबाबमा नपर्ने बताउनुभएको छ । पुर्वी चितवनको रत्ननगरमा रहेको सामुदायिक रेडियो, रेडियो अर्पण १०४.५ मेगाहर्जले स्वागत गरेको कार्यक्रममा (एसपी) मल्लले यस्तो बताउनुभएको हो ।
चितवन र त्यस्मा पनि पुर्वी चितवनमा ट्राफिक प्रहरी अभाव र आवश्यक्ता रहेको बताउँदै समस्या समाधानका लागि आफुले पहल गरिसकेको बताउनु भएको छ । चितवनमा चोरी,डकैती, लुटवाट जस्ता गतिविधि हुने गरेको र कानुनले रोकेका जुनसुकै कार्यमा संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्ने बताउनुभयो । साथै उहाँले कुनै व्यक्ति र राजनितिक दबाबमा परेर अपराधिलाई उनमुक्ति दिने कार्य चितवन प्रहरीबाट नहुने बताउनु भयो ।
चितवनमा पछिल्लो पटक नदिजन्य सामाग्रीको दोहन भएको भन्ने जनगुनासो आएको र अनुगमन गरि तत्काल त्यस्ता कार्य रोकेको बताउदै थप कडाई गर्ने बताउनु भयो । मल्लले प्रहरी भित्रै पनि सुदृकरण गर्न आवश्यक रहेको बताउँदै आफ्नो ध्यान त्यस प्रति पनि केन्द्रित रहेको बताउनुभएको छ ।
मल्लले चितवन पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र अहिलेका गृहमन्त्री रामवहादुर थापाको गृह जिल्ला नेपालकै मध्यभागमा रहेको र नेपालकै तेस्रो र प्रदेश ३ को दोस्रो पर्यटकिय क्षेत्र भएकोले पनि चितवनमा सुरक्षा मजबुद हुन पर्ने र बनाउनको लागि आफु कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।रेडियोको सभाहलका आयोजित स्वागत कार्यक्रममा रेडियोका अध्यक्ष मेघनाथ पौडेलले र उपाध्यक्ष यमन भुसालले स्वागत गर्नु भएको थियो । कार्यक्रम रेडियोका अध्यक्ष पौडेललको अध्यक्षतामा सम्पन्न भएको थियो ।
