सिर्जनशिल महिला जागरण केन्द्रद्वारा आमा समूलाई पोशाक सहयोग

सिर्जनशिल महिला जागरण केन्द्रद्वारा आमा समूलाई पोशाक सहयोग

कुरिनटार,२२जेठ । सिर्जनशिल महिला जागरण केन्द्रले चण्डीथान आमा समूहलाई पोशाक वितरण सहयोग गरिएको छ। विभिन्न दाताहरुबाट सहयोग जुटाएर चितवनको इच्छाकामना ७ मा रहेको चण्डीथान आमा समूहका ५० जना सदस्यहरुलाई पोशाक (साडी) वितरण गरिएको सिर्जनशिल महिला जागरण केन्द्रका अध्यक्ष सावित्रि पुडासैनीले जानकारी दिनुभयो ।
महिला समूहलाई सामाजिक काममा सक्रिया रहनका लागि हौसला मिलोस भन्ने उदेश्यले पोशाक वितरण गरिएको अध्यक्ष पुडासैनीले बताउनुभयो ।
गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्य ,उपाध्यक्ष कृति कुमार श्रेष्ठको विशिष्ट आतिथ्य तथा कांग्रेस सभापती विषणु कुँवर, गाउँपालिकाकी प्रवक्ता साबित्री गुरुङ स्वास्थ प्रमुख धन कुमार खड्का वडा न ७ का वडाअध्यक्ष बम बहादुर थापा वडा न ४ का अध्यक्ष होम ब थापा र वडा न ६ का अध्यक्ष भुपेन्द्र चेपाङ लगायतको उपस्थितिमा एक कार्यक्रमकाबीच पोशाक साडी वितरण गरिएको हो ।