बेनिघाट रोराङ गाउँपालिका स्तरीय चेपाङ संघ गठन

बेनिघाट रोराङ गाउँपालिका स्तरीय चेपाङ संघ गठन

कुरिनटार,२३ जेठ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा नेपाल चेपाङ संघ गठन गरिएको छ । स्थानीय निर्वाचनपछि बसेको पहिलो भेलाले कृष्ण कुमार चेपाङको अध्यक्षतामा १९ सदस्यीय गाउँपालिका स्तरीय चेपाङ संघ गठन गरिएको हो ।
यसैबीच संघको उपाध्यक्षमा रमेश चेपाङ, महिला उपाध्यक्षमा मन्दिरा चेपाङ, सचिवमा दल्लुराम चेपाङ , सह–सचिवमा संदिप चेपाङ र कोषाध्यक्षमा लाल बहादुर चेपाङ चयन भएका छन् ।


चरौँदी बजार रोराङ कृषि सहकारी सस्था लि.को सभाहल वडा न ७ मा नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष दिपेन्द्र चेपाङको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष टेक बहादुर चेपाङको अध्यक्षतामा चेपाङ संघ गठन गरिएको नेपाल चेपाङ संघका अगुवा तीलक चेपाङले जानकारी दिनुभयो ।
चेपाङ बाहुलयता रहेको यस बेनघिाट रोराङ गाउँपालिकामा १५ हजार अर्थात ४४ प्रतिशत चेपाङ समुदाय रहेको छ ।