जवाङ खोलामा पहिरो :पृथ्वीराजमार्ग अवरुद्ध

जवाङ खोलामा पहिरो :पृथ्वीराजमार्ग अवरुद्ध

मुग्लिन, २४ जेठ । पहिरोका कारण पृथ्वीराजमार्ग अन्तरगत मुग्लिङ नौविसे सडक अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तरगत धादिङ वेनिघाट रोराङ गाउँपालिका १० स्थित जवाङ खोलामा  लेदो झरेर विहान  ५ बजे देखि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । अहिले लेदो हटाउने काम भइरहेको छ । विहान ८ : ३० सम्म पहिरो हटाई अवरुद्ध सडक संचालनमा ल्याउने प्रहरीले जनाएको छ । पहिरोका केन्द्रिय राजधानी काठमाडौँ, जाने र काठमाडौँबाट  फर्कने हजारौँ यात्रुहरु अलपत्र परेका छन् ।