कसरी रहन गयो फोनमा ‘हेल्लो’ भन्ने चलन ?

कसरी रहन गयो फोनमा ‘हेल्लो’ भन्ने चलन ?

एजेन्सी– हामी जब फोन उठाउछौँ बित्तिकै पहिलो शब्द हुन्छ हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला रु यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर त्यसमध्ये एउटा भरपर्दो तथ्य चाहिँ यस्तो छ ।

टेलिफोनका आविष्कारक हुन् अलेक्जेन्डर ग्राहम बेल । १० मार्च १८७६ मा उनले टेलिफोनको आविष्कार गरी पेटेन्ट लिए । फोनको आविष्कार गरेसँगै उनले सबैभन्दा पहिले आफ्ना मित्र वाट्सनलाई सन्देश प्रेषित गर्दै भने स् श्री वाट्सन यहाँ आऊ । मलाई तिम्रो खाँचो पर्यो । ग्राहम बेलले फोनमा हेल्लो होइन ब्जयथ शव्द बोलेका थिए ।

टेलिफोनको प्रयोग आम रुपमा हुन थालेसँगै मानिसहरुले फोनमा कुरा गर्दा सुरुमा बोल्ने शव्द हुन्थ्यो स् ब्चभ थयग त्जभचभ रु अर्थात् मलाई सुनेका छौ रु

तर पछि वैज्ञानिक थोमस अल्बा एडिसनले ब्जयथ शव्दलाई अप्रभंस गरी सन् १८७७ मा ज्भििय भन्ने प्रस्ताव गरे ।

उक्त प्रस्तावलाई पारित गर्नका लागि थोमस अल्बा एडिसनले पिट्सबर्गको केन्द्रीय जिल्ला तथा मुद्रण टेलिग्राफ कम्पनीका अध्यक्षलाई पत्र लेखे र टेलिफोनमा सबैभन्दा पहिले बोल्दे शव्द हेल्लो राख्न प्रस्ताव गरे ।

उनको प्रस्ताव स्वीकृत मात्र भएन उनी आफैले टेलिफोनमा हेल्लो बोल्न सुरु गरे । जुन पछि सबैले प्रयोग गर्न थाले र अहिलेको अवस्थामा आइपुगेको छ ।

(एजेन्सीको सहयोगमा